कुबेरसिंह रानामगरलाई आईजिपी नबनाउन कथित मानवअधिकारकर्मीको माग

काठमाडौं, साउन ३१ : कुबेरसिह रानामगरलाई प्रहरी महानिरीक्षक नबनाउन भन्दै सुशील प्याकुरेल, चरण प्रसाई, सुबोधराज प्याकुरेल, मन्दिरा शर्मा, डा. गोपालकृष्ण सिवाकोटी जस्ता कथित मानवअधिकारकर्मीहरुले २०६१ श्रवान ३१ गते प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै गम्भीर मानवअधिकार उल्लंघनको मुद्दा लागेका रानालाई महानिरीक्षक नबनाउन ध्यानाकर्षण गराएका छन ।
चरण प्रसाईको योजना अनुसार यि मानवअधिकारकर्मीहरुले प्रधानमन्त्री बाबुराम भट्टराईलाई ज्ञापनपत्र बुझाउन पुगेको समाचार सुत्रको भनाई छ । बर्तामान सरकार बिरोधी तत्वका रुपमा चिनिने यि तत्वहरुमा सुबोधराज प्याकुरेल एमालेका कार्यकर्ता हुन भने चरण प्रसाई एआईजी भिष्मा प्रसाईको नातेदार हुन । मन्दिरा शर्मा एडभोकेसी फोरमको नाममा पीडितलाई थप पिडा दिँदै बिदेशी मुद्र आर्जन गर्ने ब्यक्ती हुन । सुत्रका अनुशार यि मानव अधिकारबादीहरु १० बर्षे जनयुद्धकालमा माओबादी बिद्रोहीहरुको सुराकी गरी राज्यलाई रिपोर्ट बुझाउने जमात हुन ।

२०५२ साल फागुन १ गते देखी सुरु भएको १० बर्षे जनयुद्धमा १७ हजार भन्दा बेसी नेपाली नागरिकले ज्यान गुमाएका छन । यि १७ हजार नेपाली नगरिकको हत्याको जिम्मेवारी को हो ? बिगत देखी यो देस र देसबासिलाई शोषन, दमन, अन्याय र अत्याचार गर्ने यिनै कथित मानव अधिकारकर्मीको पुर्खाहरु अर्थत सामन्ती बाहुनबादी राज्यसत्ता र राजातन्त्र हो ?
१० बर्षे जनबिद्रोह कस्को कारणले भयो ? यिनै कथित अधिकारकर्मिको पुर्खाको कारणले गर्दा भएको होईन र ? अहिले मुलुकको सर्बोच्चा न्यायलयको खिल्ली उडाउदै एउटा देशभक्ता, ईमान्दार, क्षमतावन र प्रभावशाली राष्ट्रा सेबकको बिरुद्धा यि समुहाहरु किन र कस्को निर्देशानमा सलबलाई रहेकाछन । अब कुनै पनि तत्व वा समुहाहरु एउटा इमान्दार, कर्मठ र देशभक्ता राष्ट्रसेबकको बिरुद्धा खडा हुन्छ भने यो देशको आदिबासी समुदाय आफ्नो हातमा दही जमाएर बस्नेवालामा छैन ।
 - थप भोली प्रकाशित हुनेछ ।

साभार सामाग्री श्रोत: http://www.ksnonline.org/forum/topics/2860680:Topic:230246#.UDPYzd0gf_a

Comments

Popular posts from this blog

पृथ्वी नारायण शाहले गरेको क्रुरता र कायरतापूर्ण दमनको पछाडि अंग्रेजहरुको कुटिल रणनिती रहेको ईतिहास:

प्रस्तावित सामाजिक लोकतान्त्रिक बहुल-राष्ट्रिय पार्टीको घोषणापत्र