Posts

Showing posts with the label विविध

'प्रहरीमा जस्तो जालझेल छैन धनुकाँडमा'

Image
पूर्व एआईजी रामकाजी बान्तवा (रुङमाहाङ) सुन्दर खनाल/सुजित महत काठमाडौ, भाद्र १८ - प्रहरीको जागिर छाड्ने हठात निर्णयसँगै उनले एक महिना बिदा र राजीनामाको निवेदन लेखे । र, घर बसे । जागिर नछाड भन्ने सल्लाह दिन साथीभाइ आएकोआयै भएर हलचल गर्न नपाएपछि उनी पत्नीलाई लिएर सुटुक्क पोखरा हानिए । त्यहाँ तुरुन्तै मन बस्यो विल्कुल नौलो चिज, धनुकाँड अर्थात् आर्चरीमा । सलाम, सान र चाहेमा दामको समेत कमी नहुने प्रहरीको हाकिम र धनुकाँड खेल्ने साठी नाघेका वृद्ध । यी दुई फरक परिचयमा तत्कालीन एआईजी रामकाजी बान्तवालाई पछिल्लै मन पर्‍यो । 'प्रहरीमा जस्तो धनुकाँडमा जालझेल छैन,' उनले भने ।

कुबेरसिंह रानामगरलाई आईजिपी नबनाउन कथित मानवअधिकारकर्मीको माग

काठमाडौं, साउन ३१ : कुबेरसिह रानामगरलाई प्रहरी महानिरीक्षक नबनाउन भन्दै सुशील प्याकुरेल, चरण प्रसाई, सुबोधराज प्याकुरेल, मन्दिरा शर्मा, डा. गोपालकृष्ण सिवाकोटी जस्ता कथित मानवअधिकारकर्मीहरुले २०६१ श्रवान ३१ गते प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै गम्भीर मानवअधिकार उल्लंघनको मुद्दा लागेका रानालाई महानिरीक्षक नबनाउन ध्यानाकर्षण गराएका छन । चरण प्रसाईको योजना अनुसार यि मानवअधिकारकर्मीहरुले प्रधानमन्त्री बाबुराम भट्टराईलाई ज्ञापनपत्र बुझाउन पुगेको समाचार सुत्रको भनाई छ । बर्तामान सरकार बिरोधी तत्वका रुपमा चिनिने यि तत्वहरुमा सुबोधराज प्याकुरेल एमालेका कार्यकर्ता हुन भने चरण प्रसाई एआईजी भिष्मा प्रसाईको नातेदार हुन । मन्दिरा शर्मा एडभोकेसी फोरमको नाममा पीडितलाई थप पिडा दिँदै बिदेशी मुद्र आर्जन गर्ने ब्यक्ती हुन । सुत्रका अनुशार यि मानव अधिकारबादीहरु १० बर्षे जनयुद्धकालमा माओबादी बिद्रोहीहरुको सुराकी गरी राज्यलाई रिपोर्ट बुझाउने जमात हुन ।

प्रस्तावित सामाजिक लोकतान्त्रिक बहुल-राष्ट्रिय पार्टीको घोषणापत्र

प्रस्तावित सामाजिक लोकतान्त्रिक बहुल-राष्ट्रिय पार्टीको घोषणापत्र Proposed Manifesto of Social Democratic Pluri- National Party १. नबदलिएको राज्यसत्ताको चरित्र : तथाकथित उच्च जातबाट नियन्त्रित राज्यले बहुजातीय र बहुभाषिक सामाजिक स्थितिलाई सिद्धान्ततः स्वीकार गरे तापनि विभिन्न जातीय, धार्मिक, सांस्कृतिक, लैङ्गकि, क्षेत्रगत र वर्गीय समुदायबीच समानता दिलाउन सकेका छैनन्, बरु बाहुनवाद, पितृसत्तावाद र सामन्तवादको दुष्चक्रलाई नै निरन्तरता दिइरहेका छन । साथै, मुलुकको आर्थिक उन्नति गरी नेपालीहरुलाई राहत दिनुको सट्टा गरीव र धनीवीचको खाडल अझ गहिरो बनाइएको छ । भ्रष्टाचार, कुशासन र मनपरीतन्ले देश आक्रान्त बनाएको छ ।

पृथ्वी नारायण शाहले गरेको क्रुरता र कायरतापूर्ण दमनको पछाडि अंग्रेजहरुको कुटिल रणनिती रहेको ईतिहास:

(via Bidhu P Kayastha) साभार-Yalambar Foundation - Posted date on 4th August 2012 at 04:39pm मित्रहरु, पृथ्वी नारायण शाहले गरेको क्रुरता र कायरतापूर्ण दमनको पछाडि अङ्रेजहरुको कुटिल रणनिती रहेको ईतिहास अहिले सम्म लुकाइएको थियो । यस्ता अनेकौं ईतिहासहरु लुकाइेका छन । त्यस्को खोजी गर्नु जरुरी छ । (Via Keshav Thapa ) प्रा.डा. एच.जी. बेहर (जर्मनी) द्वारा लिखित पुस्तकबाट साभार गरिएको विचारोत्तेजक सन्दर्भहरु हरेकले पढनै पर्दछ । कृपया एक पल्ट पढ्नु होला ।

अब नेपालमै यौन संग्रहालय

यौनसँग सम्बन्धित विषयमा नेपाली समाज क्रमशः उदार बन्दै गएको छ। यौनसँग सम्बन्धित घटनाक्रम र अभिव्यक्तिहरूले पनि त्यसलाई पुष्टि गर्छन। दुई वर्षअघि मात्र खिचापोखरीमा यौन खेलौना पसल खुल्दा त्यसले नेपाली समाजमा एक प्रकारको तरङ्ग सिर्जना गरेको थियो, तर यी कृत्रिम यौन खेलौनाहरू कति छिट्टै व्यावसायिक रूपमै सफल भए भने अहिले मुलुकका विभिन्न मुख्य सहरहरूमा धमाधम यौन खेलौना पसल खुलिरहेका छन। पछिल्लो पटक बिर्तामोडमा यौन खेलौना पसल खुल्यो। पोखरा, हेटौंडा, चितवन, बुटवल, इटहरी आदि स्थानमा यसअघि नै यौनसँग सम्बन्धित सामग्रीहरूको पसल सञ्चालनमा आइसकेका छन।

जातिवादी होइन, म मानवअधिकारवादी - डा. कृष्ण भट्टचन

राजेश राई जातीय कुरा होइन, मैले समता र समानताका लागि मानवअधिकारका कुरा उठाएको हुँ । नेपाली समाजको यथार्थ नबुझ्नेले मलाई अतिवादी या जातिवादी देख्नु नयाँ कुरा होइन । म बाहुनविरोधी होइन, बाहुनवाद विरोधी हुँ ।