जातिवादी होइन, म मानवअधिकारवादी - डा. कृष्ण भट्टचन

राजेश राई
जातीय कुरा होइन, मैले समता र समानताका लागि मानवअधिकारका कुरा उठाएको हुँ । नेपाली समाजको यथार्थ नबुझ्नेले मलाई अतिवादी या जातिवादी देख्नु नयाँ कुरा होइन । म बाहुनविरोधी होइन, बाहुनवाद विरोधी हुँ ।

नेपालमा डा। कृष्ण भट्टचन जस्ता अराजक समाजशास्त्री पनि छन्, जो समाजलाई नपच्ने अतिवादी कुरा गर्छन् ।दुई दशकअघि एक चर्चित दैनिक पत्रिकामा अन्तर्वार्ता दिँदै आदिवासी जनजाति समुदायकै अर्का एक पिचडीधारी समाजशास्त्रीले डा। कृष्ण भट्टचनको नामै लिएर गरेको टिप्पणी हो यो । शोषण, उत्पीडन र विभेदबाट मुक्त र समावेशी समाज निमार्णको कुरा गर्दा गैरआदिवासी जनजाति समुदायकाले अतिवादी र अराजक भन्नु त्यति नयाँ कुरा थिएन । तर, आदिवासी जनजाति समुदायकै पिचडीधारी डा। साबहरूले उनको नामै किटेर अतिवादी भन्दा डा। कृष्ण भट्टचनको मन साह्रै अमिलो हुन्थ्यो । सबैले एकोहोरो प्रहार गर्दा त्यतिवेला उनले आफूलाई हुलमा पनि एक्लो महसुस गर्थे । तैपनि, आफ्नो विचारमा उनी अविचलित थिए । यस्तो साहस उनलाई कसले दियो रु म बाँचेको नेपाली समाज र क्यालिफोर्निया विश्वविद्यालयले, उनी भन्छन्, क्यालिफोर्निया विश्वविद्यालयमा पढ्न गएपछि थाहा पाएँ- म बाँचिरहेको समाज विभेदयुक्त र असमावेशी समाज हो । र, यस्तो सामाजिक संरचना भत्किन्छ । यसका लागि संघर्ष आवश्यक छ ।
कुनै वेला ग्यालिलियोले पृथ्वी गोलो छु भन्दा चेप्टो भन्नेले उनलाई मृत्युदण्ड दिएका थिए । किनभने, त्यतिवेला चेप्टो छ भन्नेको बोलवाला थियो । अन्ततः पछि पृथ्वी गोलै छ भन्ने मान्यता स्थापित भयो । चालीसको दशकतिर डा। भट्टचन पनि एक्लो ग्यालिलियो थिए । नेपालको समाजिक संरचना विभेदपूर्ण र असमावेशी छ भन्दा उनलाई सबैले अतिवादी, उग्र, अराजक, साम्प्रदायिक आदि धेरै उपमा दिन्थे । तर, अहिले उनले भनेजस्तै हिजोको सामाजिक संरचना असमावेशी र विभेदयुक्त छ भन्ने कुरा प्रमाणित भएको छ । र, नयाँ सामाजिक संरचना निर्माण प्रक्रिया सुरु भएको छ । अहिले उनका विचारका पछि धेरै छन् । हिजोका एक्लो प्राणी अहिले भीडको अगुवा बनेका छन् । सत्य जहिल्यै पनि अराजक र अतिवादी देखिन्छ । तर, यो एक दिन स्थापित भएरै छाड्छ, उनी भन्छन्, म हिजो एक्लो ग्यालिलियो जस्तै थिएँ । पराईले अतिवादी भन्ने नै भए । आफ्ना भनाउँदाले पनि अतिवादी भन्थे ।

क्यासिनोका चतुर जुवाडे डा. भट्टचनको बाल्यकाल पोखरामा बित्यो । उनका बाजे भीमबहादुर भट्टचन मुस्ताङबाट बसाइँ सरेर पोखरा झर्ने पहिलो पुस्ताका थकाली थिए । बाजे भीमबहादुर राम्रो सितारवादक र वेद-वेदान्तमा पारङ्गत थिए । बुबा झपट भट्टचन नेपाल कम्युनिस्ट पार्टी कास्कीका संस्थापकमध्ये एक थिए । पुष्पलाललगायत नेता पोखरा जाँदा उनकै घरमा बस्थे । स्कुल छँदै राजनीति र साहित्यका पुस्तक उनले पढ्न पाए । स्कुल पढ्दासम्म उनको साहित्यमा अभिरुचि थियो । कथा, कविता खुबै लेख्थे ।

साढे चौध वर्षको कलिलो उमेरमै ०२४ मा एसएलसी पास गरेपछि पृथ्वीनारायाण क्याम्पसमा आइएस्सी भर्ना भए । क्याम्पसको पढाइबाहेक रेडक्रस जुनियर सर्कलमा पनि क्रियाशील थिए । उनी क्याम्पसका प्रतिभाशाली विद्यार्थी गनिन्थे । उनको प्रतिभा देखेर रेडक्रसका तत्कालीन अध्यक्ष पि्रन्सेप शाहले काठमाडौँमा जुनियर रेडक्रसको डाइरेक्टर पदको जागिरका लागि बोलाइन् । उनी पढाइ-सढाइ छाडेर काठमाडौँ हान्निए । तर, काठमाडौँ आएपछि रेडक्रस होइन, सोल्टी होटलको क्यासिनोमा जागिर खान पुगे । उनी निकै चतुर भएकाले पि्रन्सेप शाहले उनलाई सोल्टी होटलको क्यासिनोमा तास खेलाउने जागिर लगाइदिए । उतिवेला क्यासिनोमा क्रुपियर ९जुवा खेलाउने०ले तीन महिनाको तालिम लिनुपथ्र्यो । उनले २८ दिनमै तालिम पूरा गरी जुवा खेलाउन सुरु गरे । त्यतिवेला क्यासिनोमा देश-विदेशका ठूला मान्छे रमाइलोका लागि जुवा खेल्न आउँथे । इन्डियाका रणदीप कपुर, बबिता, आशाभोस्लेदेखि नेपालका नारायण गोपाल, बैरागी काइँलासम्मलाई मैले जुवा खेलाएँ,उनले सुनाए, रमाइलोका लागि देश-विदेशका ठूला मान्छे जुवा खेल्न आउँथे । त्यतिवेला पिर्टर जे कार्थक कसले कति राम्रो खेलाउँछ रु भनेर हेर्ने अनुगमनकर्ता थिए । उनी बेस्ट कुपि्रयरु भए पनि त्यहाँबाट पाउने तलब सुविधामा भने विभेद थियो । चाकरी-चाप्लुसी नगरेकै कारण साढे दुई वर्ष क्यासिनोमा काम गर्दा आफूमाथि अन्याय भएको महसुस गरे भट्टचनले ।
टेबलटेनिसका नम्बर वान् कोच

क्यासिनोमा विभेद हुन थालेपछि उनलाई काम गर्ने जाँगर मर्दै गइरहेको वेला टेबलटेनिस कोचको प्रशिक्षणका लागि आवेदन खोलिएको थाहा पाएर उनले पनि निवेदन दिए । उनीसहित चार छानिए । भारतको पटियालामा राष्ट्रिय खेलकुद केन्द्रमा गएर १० महिने तालिम लिए । प्रशिक्षण लिएर फर्किएपछि खेलकुद परिषद्ले उनलाई पश्चिम, मध्य पश्चिम र सुदूरपश्चिमको टेबलटेनिस प्रशिक्षणको जिम्मा दियो । खेलकुदको जागिरे भएर उनी फेरि पोखरा फर्किए । पोखरा फर्किएर बिहान-बेलुका टेबलटेनिस प्रशिक्षणसँगै अध्ययन पनि सुरु गरे । पृथ्वीनारायण क्याम्पस पोखरामा बिए भर्ना भए । जागिर खाँदै पोखराबाट बिए पास गरे ।
टेबलटेनिसका चार प्रमुख कोचमध्ये उनी एक थिए । पोखरामा बसेकाले केवल प्रशिक्षणमा मात्रै ध्यान दिए । विदेश भ्रमणका विभिन्न अवसरबाट उनलाई वञ्चित गरियो । अनेकन नियम बनाएर उनलाई विदेशमा हुन खेलमा जान दिइएन । विदेशमा हुने खेल र प्रशिक्षणमा जाने अवसरबाट वञ्चित गरियो, उनले सुनाए, सबैभन्दा राम्रो कोच म, तर अवसरचाहिँ अरूले मात्रै लिए । यसमा पनि म विभेदको सिकार बने ।
एटिथ भट्टचन
खेलकुदमा पनि विभेद भोगेपछि उनी जागिर छाडेर एमए पढ्न काठमाडौँ आए । राजनीतिशास्त्रमा एमए पढ्न थाले । बेनुपराज प्रसाइं, तीर्थराम डंगोल उनका साथी थिए । उनको ब्याचमा उनी सबैभन्दा ट्यालेन्ट विद्यार्थी थिए । सबै विषयमा सधँ८० भन्दा माथि अंक ल्याउँथे । उनका साथीहरूले उनलाई सबैले एटिथ भट्टचनु भन्थे । ८० भन्दा माथि ल्याएकाले मलाई सबैले एटिथ भट्टचनु भन्थे, उनले सम्झिए, विश्वविद्यालयमा मलाई कृष्ण भट्टचनभन्दा पनि एटिथ भट्टचन भनेर चिन्थे ।
त्यही वेला एमएको कोर्सअन्तर्गत नै उनी कञ्चनपुरका थारू जीवनबारे अनुसन्धान गर्न पुगे । त्यतिवेला थारूले बाँचिरहेको जिन्दगीलाई नजिकबाट बुझ्ने अवसर पाए । नेपाली समाजमा त्यति धेरै कहालीलाग्दो र भयानक जिन्दगी बाँच्ने जाति पनि छन् भनेर पहिलोपटक थाहा पाएँ, उनले भने, देख्दा मात्रै पनि मलाई सहिनसक्नुको पीडा भयो । झनै भोग्नेलाई कस्तो पीडा थियो होला आफैँ सोच्नुहोस् । त्यही वेला उनलाई लाग्यो, विभेदको यो हद रुु

गोरखापत्रको लेखले त्रिविमा हलचल
त्रिविमा राजनीतिशास्त्रमा एमए पढ्दा-पढ्दै भारतको हिन्दू वनारस विश्वविद्यालयमा समाजशास्त्रमा एमएका लागि छात्रवृत्ति पाए । वनारस विश्वविद्यालय सबैभन्दा नामी विश्वविद्यालय थियो । त्यसमा एमए पढ्न पाउनु भनेको चानचुने कुरा थिएन । नेपाल, भारत र बंगलादेशका प्रधानमन्त्रीका छोराहरू त्यही विश्वविद्यायलमा पढिरहेका थिए ।
हिन्दू विश्वविद्यायलबाट प्रथम श्रेणीमा एमए पास गरेपछि नेपाल फर्किएर त्रिविमा पढाउन सुरु गरेँ । उतिवेला पनि त्रिविमा योग्यताभन्दा पनि चाकरी, चाप्लुसी, नातावाद, कृपावाद हाबी थियो । त्रिविमा जागिर खान उनलाई निकै धौ-धौ पर्‍यो । त्यही वेला त्रिविभित्रको विकृतिविरुद्ध गोरखापत्रमा लेख छपाएँ । त्यो लेखले निकै हलचल मच्चाएको थियो । उनले सुनाए, त्यो लेखले त्रिविमा निकै ठूलो हलचल ल्यायो ।०४२ मा उनी त्रिवि समाजशास्त्र विभागको प्रमुख बने ।
बर्कलेले बनायो डा। कृष्ण भट्टचन

उनले त्रिविमा पढाउँदा-पढाउँदै अमेरिकाको बर्कलेस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियाुमा पिएचडीका लागि फुलब्राइट स्कलरसिपमा नाम निकाले । बर्कलेमा पिएचडीका लागि दुई वर्ष मात्रै बस्न पाइने व्यवस्था थियो । तर, उनले ६ वर्ष बस्ने अवसर पाए । बर्कलेमा पनि उनी निकै राम्रा विद्यार्थीमा गनिन्थे । बर्कले जानुअघि जातीय मुक्ति आन्दोलनमा उनी उतिसाह्रो जमिसकेका थिएनन् । उनका विरोधीका भाषामा भन्नुपर्दा अतिवादी, अराजक र उग्रु भएका थिएनन् । के उनलाई बर्कलेले नै यस्तो बनाएको हो'त ? उनले भने, बर्कलेमा गएर समाजको विषयमा गहिरो अध्ययन गरेँ ।

त्यसपछि मलाई बोध भयो, म हुर्कें, बढें र बाँचिरहेको समाज घनघोर असमावेशी र विदेभपूर्ण छ । क्यालिफोर्निया विश्वविद्यायलमा जातीय विभाग थिए । उनले संसारभरिका जातीय समाज र जातीय विविधता विषयको गहिरो अध्ययन गरे । उनका विरोधीले उनलाई जसरी जुन तरिकाले व्याख्या गरी अतिवादी भन्छन्, त्यसवेला बर्कलेका प्राध्यापकहरू पनि उनी जस्तै थिए रे । तर, त्यहाँ कसैलाई पनि अतिवादी या अराजक भनिदैनथ्यो, उनी सम्झन्छन्, किनभने, त्यहाँ मान्छे विविधतापूर्ण समाजप्रति संवेदनशील थिए ।

सन् १९९३ मा पिचडी सकेर नेपाल आएपछि उनले बर्कलेमा सिकेका कुरा जोडतोडसाथ उठाए । जातीय कुरा होइन, मैले समता र समानताका लागि मानवअधिकारका कुरा मात्रै उठाएको हुँ, उनी भन्छन्, नेपाली समाजको यथार्थ नबुझ्नेले मलाई अतिवादी या जातिवादी देख्नु नयाँ कुरा होइन । तर, बुझ्नेले बुझेर पनि डर र लोभले मलाई त्यस्तो देखेका हुन सक्छन् । जो-जसले उनलाई साम्प्रदायिक देख्छन्, उनी पनि तिनलाई साम्प्रदायिक देख्छन् । राज्यसत्ताले साढे दुई सय वर्षभन्दा बढी एक भाषा, एक भेष, जय देश, जय नरेश भन्ने नीतिसाथ आदिवासी जनजातिमाथि शोषण गर्दा साम्प्रदायिक नहुने, आदिवासीले पहिचानसहितको अधिकार माग्दा साम्प्रादायिक हुन्छ रुु उनले प्रतिप्रश्न गरे, समता र समानताका लागि मानवअधिकारका कुरा गर्दा देशको सर्वभौमिकताको कुरा किन गर्छन् रुु

सधैँ बहिष्कार

डा। भट्टचनको अर्को पाटो बहिष्कार पनि हो । उनलाई पटक-पटक सांसद, सभासद्, राजदूत आदिका अफरहरू आए । तर, सधैँ बहिष्कार गर्छन् । बहिष्कार पनि उनको पहिचान जस्तै बनिसकेको छ । किन सधैँ बहिष्कार तर आन्दोलनका लागि बहिष्कारु बहिष्कार गर्नुका कारण सुनाए, कुन पदमा बस्ने भनेको कसैको निगाहा वा सर्त मान्ने हो । अरूको सर्त मानेपछि आन्दोलन कमजोर भएर जान्छ । पदले आन्दोलनलाई खत्तम बनाउँछ । मैले त्यही कारणले बहिष्कार गरेको हुँ । समता र समानतापूर्ण समाज निर्माण नभएसम्म सधैँ बहिष्कार गरिरहन्छु ।

डा। भट्टचन ०४२ मै त्रिवि समाजशास्त्र र मानवशास्त्र विभागका अध्यक्ष हुन् । उनी विभागका संस्थापकहरूमध्ये एक हुन् । उनले पढाएका विद्यार्थी त्रिविका प्राध्यापक बनिसकेका छन् । तर, उनी अझै लेक्चरर मात्रै छन् । कारण, उनले त्रिवि पनि बहिष्कार गर्दै आएका छन् । लेक्चररको हैसितमै अझै त्रिवि धाइरहेकै छन् । त्रिविमा पनि किन सधैँ बहिष्कार रु त्रिविको योग्यताको कदर नभएरु त्रिवि बहिष्कार गर्नुको अन्तर्कथा सुनाए, बर्कलेबाट पिचडी सकेर आएपछि मैले पुनः पढाउन थाले । म बर्कले जानुअघि नै डिपार्टमेन्ट चिफ भइसकेको थिएँ । उनी संस्थापकमध्ये एक थिए । पिएचडी गरेको र १० वर्ष पढाएको छ भने प्राध्यापक हुने नियम छ । मेरो त १५ वर्षको अनुभव थियो । समाजशास्त्रबाट हामीले पटक-पटक विज्ञापन खुलाउन माग गर्‍यौँ । पटक-पटक डेलिगेसन गयौं । तर पनि विज्ञापन खुलाइएन । पछि बुझेको समाजशास्त्रमा रिडरको पद खाली हुँदाहुदै पनि कृष्ण भट्टचन रिडर हुन्छ भन्ने षड्यन्त्रले विज्ञापन नखुलाइएको रहेछ । यो थाहा पाएपछि मैले अब विद्यार्थीसँगबाहेक त्रिविसँग मेरो कुनै सम्बन्ध छैन भनेर घोषणै गरी बहिष्कार गरेको हुँ ।

विरोध बाहुनको होइन, बाहुनवादको

उनलाई कतिले बाहुनविरोधी भनेर आरोप लगाउँछन् । के साँच्चै उनी बाहुन विरोधी हुन् त रु ुहोइन, उनले भने, म बाहुन विरोधी होइन, बाहुनवाद विरोधी मात्रै हुँ । मलाई बाहुनवादी चिन्तन भएकाले बाहुनको बिरोध गर्‍यो भन्छन् । कतिपय आदिवासी जनजातिभित्र पनि बाहुनवादी चिन्तन भएका छन् । म उनीहरूको झनै विरोधी हुँ । केवल जातिको नभएर वाद वा चिन्तनको विरोध गरेको उनी बताउँछन् ।

डा। भट्टचनलाई कतिपयले बिग्रेका विद्वान् पनि भन्छन् । यो आरोपप्रति उनको उत्तर के छ रु मलाई जसले बिग्रेको भन्छ, त्योचाहिँ बिग्रेको हो उनले भने, फूलको आँखामा फूलै संसार । जो आफू काँडा भएर अरूलाई दुःख दिइरहेका हुन्छन् । उनीहरूले अरूलाई पनि काँडै देख्छन् । म शोषण दमन र विभेद गर्नेहरूका लागि त काँडै हुँ । त्यस्तो शोषण दमन र विभेदविरुद्ध आवाज उठाइरहेको छु । उनलाई बाहुनवादी चिन्तन भएकाको आँखामा राम्रो देखिनुभन्दा नराम्रो देखिनु उचित लाग्छ रे । उनीहरूको आँखामा नराम्रो देखिनुचाहिँ समस्या होइन, राम्रो देखिनु समस्या हो, उनी भन्छन्, उनीहरू सबैखालका शोषण सहेर बस्नेलाई मात्रै राम्रो देख्छन् । उनीहरूको आँखामा काँडै भएर देखिनुमा मलाई गर्व छ ।


प्रस्तुतिः राजेश राई

साभार -  जातिवादी होइन, म मानवअधिकारवादी - डा. कृष्ण भट्टचन

www.kiratpatrakar.com

Comments

Popular posts from this blog

'प्रहरीमा जस्तो जालझेल छैन धनुकाँडमा'

पृथ्वी नारायण शाहले गरेको क्रुरता र कायरतापूर्ण दमनको पछाडि अंग्रेजहरुको कुटिल रणनिती रहेको ईतिहास: